नेपालगन्ज १७ असोज : देशभर थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ९२० जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ७० जनाको पीसिआर परीक्षण गर्दा ५७४ र तीन हजार ८५० जनाको एन्टीजेन परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर थप एक हजार ४०५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार २७० संक्रमित छन् भने ३३७ जना आइसियुमा र १०४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २५२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २६ हजार ४१९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।