काठमाडौं १८ असोज : गीतकार तथा सङ्गीतकार डाक्टर किरण नकर्मीद्वारा रचित ‘स्पीच थेरापी’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पब्लिक हेल्थ कन्सर्न ट्रस्ट (फेक्ट नेपाल) कीर्तिपुर अस्पतालले यहाँ आयोजित एक कार्यक्रमका बीच गायिका आनीछोइङ डोल्मा र वरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठले गीत सार्वजनिक गरेका हुन् ।
गीतमा गीतकार नकर्मीको शब्द/सङ्गीत रहेको छ भने कलाकार मोहन डङ्गोल, नसला मानन्धर, प्रभा ढकाल र कविता भट्टराई गुरुङले स्वर दिएका छन् ।
ओठ तथा तालु फाटेका बालबालिकाको बोलीमा प्रस्टता ल्याउने उद्देश्यले सार्वजनिक गरिएको सो गीतमा हरिशरण सायमीले एरेञ्ज गरेका हुन्। सो गीतलाई फेक्ट नेपालको अफिसियल युटुब च्यानलबाट पनि सार्वजनिक गरिएको छ ।
उक्त कार्यक्रममा फेक्ट नेपालका अध्यक्ष डाक्टर भरत प्रधानले बालबालिकाको ओठ तथा तालु फाट्ने समस्या भएका व्यक्तिलाई अपहेलनाको दृष्टिले नहेर्न अनुरोध गर्दै थेरापीसम्बन्धी गीतले अस्पतालमा आउने बिरामीको मनोबल उच्च बनाउन सहयोग गर्ने बताए । निर्देशक गौरी प्रधानले सो गीतको सहयोगले ओठ तथा तालु फाटेका बालबालिकाको बोलीमा प्रस्टता आउने विश्वास व्यक्त गरे । -रासस
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?