नेपालगन्ज १८ असोज : देशभर थप एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ५ हजार ८९३ जनाको पीसिआर परीक्षण गर्दा ८१२ र ४ हजार ९८१ जनाको एन्टीजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर थप एक हजार जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेसनमा एक हजार १५२ संक्रमित छन् भने ३५१ जना आइसियुमा र ११८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक लाख २० हजार ५४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।