नेपालगन्ज १९ असोज : देशभर थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर तथा एन्टिजेन परीक्षणका क्रममा थप ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा पीसिआर र एन्टिजेन गरी १६ हजार ४२ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
११ हजार ५८२ जनाको पीसिआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० जनाको एन्टिजेन परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप १ हजार ११४ जना निको भएका छन् । योसंगै नेपालमा ७ लाख ७१ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ । हाल देशभर सक्रिय संक्रितको संख्या १६ हजार २४८ रहेको छ । जसमध्ये १५ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १२२ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै २३७ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो समय देशभर १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६१ सय जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मङ्गलबार सबैभन्दा धेरै काठमाडौंमा २३१, झापामा ६९, मोरङमा ६३, ललितपुर र रुपन्देहीमा ४१÷४१ जना, चितवन र भक्तपुरमा ३०/३० जना, रुसुवामा २४, सुनसरीमा १९, बागलुङ र बाँकेमा १६/१६ जना, कास्कीमा ११ तथा नुवाकोट र मकवानपुरमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?