नेपालगन्ज : वेभसाइट र सफ्टवेयर उत्पादन गर्दै आइरहेको टेक्नोपोएट्स प्रालिले शनिबार नेपालगन्जमा बाँके र बर्दियाका शिक्षकहरुसँग अन्तरक्रिया गरेको छ ।
नेपालगन्ज–५ मा रहेको टेक्नोपोएट्स प्रालिले सामुदायिक तथा नीति विद्यालयलाई लक्षित गरि उत्पादन गरेको ‘विद्यालय व्यवस्थापन प्रणाली’ नामक सफ्टवेयरका बारेमा शिक्षकहरुसँग अन्तरक्रिया गरेको हो ।
डिजिटल नेपाल र टेक्नोपोएट्स प्रालिले संयुक्तरुपमा उत्पादन गरेको सफ्टवेयर ‘विद्यालय व्यवस्थापन प्रणाली’का बारेमा टेक्नोपोएट्सका कार्यकारी निर्देशक शिरिषराज शर्माले जानकारी दिए । उनले आफ्नो कम्पनी र कम्पनीले उत्पादन गरेका अन्य सफ्टवेयरका बारेमा पनि जानकारी गराएका थिए ।
कार्यक्रममा टेक्नोपोएट्सका प्राविधिक प्रमुख धनन्जय काफ्लेले ‘विद्यालय व्यवस्थापन प्रणाली’ सफ्टवेयरलाई अनलाइन र अफलाइन दुबै भर्सनमा काम गर्न मिल्ने गरी उत्पादन गरिएको जानकारी दिए । यहि प्रणाली अन्तरगत ‘मेयर्स एप’समेत कम्पनीले उत्पादन गरेको उनले बताए ।
सो एपमार्फत प्रत्येक विद्यार्थी, शिक्षक, प्रिन्सिपल, अभिभावक, लेखापाल, विद्यालय लगाएतको बेग्लाबेग्लै डाटा र रिपोर्टको अनुगमन गर्न सकिने उनको भनाई थियो ।
यो प्रणाली लागु भएपछि मेयरले कार्यालयबाटै प्रत्येक विद्यार्थी तथा विद्यालयको सोझै अनुगमन गर्न सक्नेछन् ।