१०४३ थपिए, ८९१ जनाले कोरोना जिते


१०४३ थपिए, ८९१ जनाले कोरोना जिते

नेपालगन्ज २० असोज : देशभर थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ४६५ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ११ हजार १६५ जनाको पीसिआर परीक्षण गर्दा ८९१ र चार हजार ३०० जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर ८९१ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १६ हजार १९४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १४ हजार ९७५ होम आइसोलेसनमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

संस्थागत आइसोलेसनमा एक हजार २१९ संक्रमित छन् भने ३३८ जना आइसियुमा र ११५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ४७६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५९ हजार ११२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।