नेपालगन्ज २१ असोज : देशभर ८०५ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर गरिएको ७ हजार २६४ पीसीआर र ३ हजार ४०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २८२ पुगेको छ । कुल संक्रमितमध्ये १५ हजार ९४२ सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ९११ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ७३ हजार १४० पुगेको छ ।
उक्त अवधिमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ ।
हाल १४७२८ जना होम आइसोलेसन र १ हजार २१४ जना संस्थागत आइसोलेसनमा छन् । २४२ जना क्वारेन्टिन, ३२९ जना आइसीयू र ११२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।