File Photo
नेपालगन्ज २२ असोजः कोरोना भाइरस संक्रमणका कारण बाँकेमा एकै दिन ४ संक्रमितको मृत्यु भएकोछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ५ घण्टाको अन्तरालमा भेरी अस्पतालमा उपचाररत ४ संक्रमितको मृत्यु भएको हो ।
केन्द्रका अनुसार मृत्यु हुनेमा बर्दियाका ३ र दाङका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया, राजापुर नगरपालिका वडा नम्बर– ८ का ३५ वर्षका पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।
भेरी अस्पतालमा उपचारका क्रममा उनको बिहीबार राती ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बर्दियामा यही असोज ४ गते उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टी भएको थियो । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए ।
यस्तै राजापुर नगरपालिका वडा नम्बर ४ बर्दियाकी ५२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । बर्दियामा यही असोज ८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि असोज १० गते उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार बेलुकी ७ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी बारबर्दिया नगरपालिका वडा नम्बर ११ बर्दियाकी ४२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यही असोज १९ गते उनलाई भेरी अस्पतालमा कोरोना पुष्टी भएपछि सोही दिन भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएको दुई दिनमै उनको मृत्यु भएको हो । अस्पतालका अनुसार उनको बिहीबार दिउँसो ३ः३० बजेतिर मृत्यु भएको हो ।
त्यस्तै दंगिशरण गाउँपालिका वडा नम्बर १ दाङकी ३७ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा यही असोज १३ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि सोही दिन भर्ना भएकी थिइन् । स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो ।
यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३५ र बाहिरी जिल्लाबाट आएका ४ सय २३ जनाको मृत्यु भइसकेको फोकल पर्सन ओलीले जानकारी दिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?