देशभर ७६४ जनामा कोरोना संक्रमण पुष्टि


देशभर ७६४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज २२ असोज : देशभर थप ७६४जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ६८८ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ७६४जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ४६६ जनाको पीसीआर परीक्षण गर्दा ७१४ र १ हजार २२२ जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर थप एक हजार ३३ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर १५ हजार ६१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १४ हजार ४६१ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार १५३ संक्रमित छन् भने ३१३ जना आइसियुमा र ११३ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ४३ हजार ९४१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।