देशभर १५३४० सक्रिय संक्रमित


देशभर १५३४० सक्रिय संक्रमित

नेपालगन्ज २३ असोज : देशभर थप ७६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ६ हजार १६८ पीसीआर र ५ हजार ८६३ जनाको एन्टीजेन परीक्षणका क्रममा थप ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख १ हजार ६३३ पुगेको छ । कुल संक्रमितमध्ये १५ हजार ३४० सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ८९९ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप ११ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

हाल १४१६८ जना होम आइसोलेसन र १ हजार १७२ जना संस्थागत आइसोलेसनमा छन् । २३६ जना क्वारेन्टिन, ३१७ जना आइसीयू र ११३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।