देशभर थप ५९६ जनामा कोरोना संक्रमण


देशभर थप ५९६ जनामा कोरोना संक्रमण

नेपालगन्ज २४ असोज : देशभर थप ५९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजिन परीक्षणका क्रममा आइतबार ५९६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा पीसीआर र एन्टिजिन गरी १२ हजार ४०४ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

९ हजार २३७ जनाको पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ ।