७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु


७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु

नेपालगन्ज २५ असोज : देशभर थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार २३३ जनाको पीसीआर र चार हजार ९६२ जनाको एन्टिजेन गरी १२ हजार १९५ जनामा गरिएको परीक्षणका क्रममा ७८५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभर १४ हजार ७८७ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ८८८ जना निको भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार ८६१ पुगेको छ । भने मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ भने ७ लाख ७६ हजार ८३१ जना संक्रमणमुक्त भएका छन् ।