नेपालगन्ज २५ असोज : देशभर थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार २३३ जनाको पीसीआर र चार हजार ९६२ जनाको एन्टिजेन गरी १२ हजार १९५ जनामा गरिएको परीक्षणका क्रममा ७८५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल देशभर १४ हजार ७८७ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ८८८ जना निको भएका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार ८६१ पुगेको छ । भने मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ भने ७ लाख ७६ हजार ८३१ जना संक्रमणमुक्त भएका छन् ।
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व