५९१ जना थपिँदा ९३७ जना निको भए


५९१ जना थपिँदा ९३७ जना निको भए

नेपालगन्ज १ कार्तिक : देशभर थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९६९७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।