६६२ जना थपिँदा, १३ जनाको मृत्यु
नेपालगन्ज ३ कार्तिक : नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख नाघेको छ । भने परीक्षण संख्या आधा करोड नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा हालसम्म एन्टिजेन र पीसीआर दुबै विधिबाट कुल ४९ लाख ८० हजार १२३ जनामा कोरोना परीक्षण भएको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले सो संख्यामा परीक्षण गर्दा कुल संक्रमित ९ लाख ७ सय ४८ पुगेको जानकारी दिए । उनका अनुसार हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ हजार ६ सय ९६ जना संक्रमित भएका छन् ।
त्यसमध्ये ७ लाख ८४ हजार १५५ जना निको भइसकेको पौडेलले जानकारी दिए । यस्तै हालसम्म कोरोनाबाट ११ हजार ३१८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिए ।
यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ६६२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार २२ पीसीआर र १ हजार ४०४ जनाको एन्टीजेन परीक्षणका क्रममा ६६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कुल ११ हजार ५७९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ७५८ जना संक्रमित निको भएका छन् । सोही अवधिमा १३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर २२७ जना विभिन्न क्वारेन्टिनमा रहेकाछन् । भने २७६ जना आइसीयू र १०४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?