५४५ जना थपिए, ८ जनाको मृत्यु


५४५ जना थपिए, ८ जनाको मृत्यु

नेपालगन्ज ४ कार्तिक : पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर गरिएको ६ शजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यो सँगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ । कुल संक्रमितमध्ये ११ हजार ३१५ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ७२६ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ ।

उक्त अवधिमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ । हाल २२५ जना क्वारेन्टाइनमा छन् । २८८ जना आइसीयू र ९८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।