नेपालगन्ज ५ कार्तिक : देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ३७ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५३ जनाको पिअिसार परीक्षण गर्दा ५७४ र २ हजार १२३ जनाको एन्टीजेन परीक्षण गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर ९३२ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २२३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५८ हजार ८५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?