भिटामिन ए र जुकाको औषधि खुवाइँदै


भिटामिन ए र जुकाको औषधि खुवाइँदै

नेपालगन्ज ७ कार्तिकः आज र भोली देशभर भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन हुँदैछ ।

हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दशैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।