कार्तिक २८ गतेदेखि सर्वसाधरणलाई फाइजर लगाइदैँ
File Photo
नेपालगन्ज ८ कार्तिक : कोरोना भाइरस विरुद्धको फाइजर खोप नेपाल आइपुगेकोछ । गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको हो ।
कतार एयरवेजबाट बिहान एक लाख ६२० डोज खोप नेपाल आइपुगेको र उक्त खोप स्वास्थ्य मन्त्रालयले बुझिसकेको छ । माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा उपलब्ध गराएको हो । उक्त खोप कुन समूहलाई दिने भन्ने विषय छलफल भइरहेको बताइएको छ । फाइजरको खोपको गाइडलाइन बनाउने कार्य समेत भइसकेको छ ।
फाइजर खोपलाई कात्तिक २८ गतेपछि लगाउने योजना बनाइएको छ । उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ । नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज फाइजर खरिद सम्झौता समेत गरिसकेको छ । उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?