गाभीले अनुदानमा उपलब्ध गराएको फाइजर खोप नेपाल आइपुग्यो

कार्तिक २८ गतेदेखि सर्वसाधरणलाई फाइजर लगाइदैँ


गाभीले अनुदानमा उपलब्ध गराएको फाइजर खोप नेपाल आइपुग्यो

File Photo

नेपालगन्ज ८ कार्तिक : कोरोना भाइरस विरुद्धको फाइजर खोप नेपाल आइपुगेकोछ । गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको हो ।

कतार एयरवेजबाट बिहान एक लाख ६२० डोज खोप नेपाल आइपुगेको र उक्त खोप स्वास्थ्य मन्त्रालयले बुझिसकेको छ । माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा उपलब्ध गराएको हो । उक्त खोप कुन समूहलाई दिने भन्ने विषय छलफल भइरहेको बताइएको छ । फाइजरको खोपको गाइडलाइन बनाउने कार्य समेत भइसकेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

फाइजर खोपलाई कात्तिक २८ गतेपछि लगाउने योजना बनाइएको छ । उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ । नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ ।

सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज फाइजर खरिद सम्झौता समेत गरिसकेको छ । उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ ।