नेपालगन्ज ८ कार्तिक : देशभर थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८६४ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ र २ हजार ५८० जनाको एन्टीजेन परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर थप ५०१ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १० हजार ३६० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २१९ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५७ हजार ६१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?