७७६ जना थपिँदा १३ जनाको मृत्यु


७७६ जना थपिँदा १३ जनाको मृत्यु

नेपालगन्ज ८ कार्तिक : देशभर थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८६४ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ र २ हजार ५८० जनाको एन्टीजेन परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर थप ५०१ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर १० हजार ३६० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २१९ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५७ हजार ६१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।