नेपालगन्ज ८ कार्तिक : बालरोग विशेषज्ञ डाक्टर विष्णुकुमार थापाले नेपालगन्जमा ‘केयर सिटि हस्पिटल तथा रिर्सच सेन्टर’ सञ्चालनमा ल्याएकाछन् । नेपालगन्ज उपमहानगरपालिका–१८ भुजइगाउँ नजिकै सोमवारदेखि उक्त अस्पताल आएको छ ।
तत्कालका लागि ओपिडी, इमरजेन्सीसहितको सेवा दिने गरी सञ्चालनमा ल्याइएको अस्पताल आगामी सातादेखि चौबिसैं घण्टा सेवा दिने सञ्चालक समेत रहेका डाक्टर थापाले जानकारी दिए ।
१५ बेडको यो अस्पतालले सबै खाले सेवा दिने तयारी गरेकोछ । एक महिनाभित्रै भिडियो एक्स–रे, एक्स–रे, ल्याव, अक्सिजनसहितको सेवा दिइने अस्पतालको सञ्चालक डाक्टर थापाका हजुरबुवा सन्तबहादुर थापाले औपचारिकरुपमा उद्घाटन गरे ।

डेढ करोड लागतमा सुरु भएको केयर सिटि हस्पिटलले आगामी दिनमा गुणस्तरीय उपकरण थप्दै दक्ष जनशक्तिबाट सेवा दिने योजना बनाएको छ ।
चौबिसैं घण्टा मेडिकल अधिकृत रहने यो अस्पतालमा जनरल फिजिसियन सेवा डाक्टर दृष्टि शाहले, सर्जन डाक्टर सुरेश थापा, इएन्टी सर्जन डाक्टर आनन्द झा, गाइने सेवा डाक्टर राजन महतलगायतले सेवा दिनेछन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?