बालरोग विशेषज्ञ डाक्टर थापाले डेढ करोड लागतमा अस्पताल सञ्चालनमा ल्याए


बालरोग विशेषज्ञ डाक्टर थापाले डेढ करोड लागतमा अस्पताल सञ्चालनमा ल्याए

नेपालगन्ज ८ कार्तिक : बालरोग विशेषज्ञ डाक्टर विष्णुकुमार थापाले नेपालगन्जमा ‘केयर सिटि हस्पिटल तथा रिर्सच सेन्टर’ सञ्चालनमा ल्याएकाछन् । नेपालगन्ज उपमहानगरपालिका–१८ भुजइगाउँ नजिकै सोमवारदेखि उक्त अस्पताल आएको छ ।

तत्कालका लागि ओपिडी, इमरजेन्सीसहितको सेवा दिने गरी सञ्चालनमा ल्याइएको अस्पताल आगामी सातादेखि चौबिसैं घण्टा सेवा दिने सञ्चालक समेत रहेका डाक्टर थापाले जानकारी दिए ।

१५ बेडको यो अस्पतालले सबै खाले सेवा दिने तयारी गरेकोछ । एक महिनाभित्रै भिडियो एक्स–रे, एक्स–रे, ल्याव, अक्सिजनसहितको सेवा दिइने अस्पतालको सञ्चालक डाक्टर थापाका हजुरबुवा सन्तबहादुर थापाले औपचारिकरुपमा उद्घाटन गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

डेढ करोड लागतमा सुरु भएको केयर सिटि हस्पिटलले आगामी दिनमा गुणस्तरीय उपकरण थप्दै दक्ष जनशक्तिबाट सेवा दिने योजना बनाएको छ ।

चौबिसैं घण्टा मेडिकल अधिकृत रहने यो अस्पतालमा जनरल फिजिसियन सेवा डाक्टर दृष्टि शाहले, सर्जन डाक्टर सुरेश थापा, इएन्टी सर्जन डाक्टर आनन्द झा, गाइने सेवा डाक्टर राजन महतलगायतले सेवा दिनेछन् ।