६६६ जना थपिदाँ ६२२ जना निको भए


६६६ जना थपिदाँ ६२२ जना निको भए

नेपालगन्ज ९ कार्तिक : देशभर थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २० जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ६६६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको पीसिआर परीक्षण गर्दा ५६९ र २ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर ६२२ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

देशभर १० हजार २९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २१७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७३ हजार ४२७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।