नेपालगन्ज १२ कार्तिक : नेपालमा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट थप ५४९ जनामा संक्रमण पुष्टि लागेको हो ।
मन्त्रालयका अनुसार कूल नौ हजार ७४६ जनाको नमूना परीक्षण गर्दा ५४९ जनामा कोरोना पोजिटिभ देखिएकोछ । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ४९० र एन्टिजेन विधिबाट ५९ संक्रमित पहिचान भएका थिए ।
उक्त अवधिमा कूल सात हजार १४५ जनाको पीसीआर र दुई हजार ६०१ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।
उक्त अवधिमा कोरोना संक्रमणका कारण छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, ५६९ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?