नेपालगन्ज १२ कार्तिक : नेपालमा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट थप ५४९ जनामा संक्रमण पुष्टि लागेको हो ।
मन्त्रालयका अनुसार कूल नौ हजार ७४६ जनाको नमूना परीक्षण गर्दा ५४९ जनामा कोरोना पोजिटिभ देखिएकोछ । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ४९० र एन्टिजेन विधिबाट ५९ संक्रमित पहिचान भएका थिए ।
उक्त अवधिमा कूल सात हजार १४५ जनाको पीसीआर र दुई हजार ६०१ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।
उक्त अवधिमा कोरोना संक्रमणका कारण छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, ५६९ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।