बझाङ १३ कार्तिक : बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका–८ की २२ वर्षीया लक्ष्मी खत्रीको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । लोतु सामुदायिक स्वास्थ्य इकाइ प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार बिहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी बिहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिइन्। साँझ अबेरसम्म पनि सुत्केरी हुन नसकेपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि खत्रीलाई धनगढी पठाइएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले उद्धारका लागि पहल गरेकी थिइन् । विकट ठाउँ भएकाले उद्धारमा कठिनाइ भएको हो । जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पु¥याउन सकिने अवस्था नभएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको उपाध्यक्ष धामीले बताए । सडक अवरुद्ध हुँदा जटिल प्रकारका बिरामीलाई समस्या भइरहेको छ । -रासस
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?