३७२ जना थपिदाँ ११ जनाको मृत्यु


३७२ जना थपिदाँ ११ जनाको मृत्यु

नेपालगन्ज १३ कार्तिक : देशभर थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

देशभर गरिएको ५ हजार ३१६ पीसीआर र २ हजार ५९५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख १२ हजार १९४ पुगेको छ । कुल संक्रमितमध्ये ९ हजार ५२६ सक्रिय संक्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९१ हजार २६९ पुगेको छ ।

मन्त्रालयका अनुसार यही अवधिमा थप ११ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ । हाल २१२ जना क्वारेन्टिनमा छन् । २३४ जना आइसीयू र ६८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।