नेपालगन्ज १३ कार्तिक : देशभर थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
देशभर गरिएको ५ हजार ३१६ पीसीआर र २ हजार ५९५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख १२ हजार १९४ पुगेको छ । कुल संक्रमितमध्ये ९ हजार ५२६ सक्रिय संक्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९१ हजार २६९ पुगेको छ ।
मन्त्रालयका अनुसार यही अवधिमा थप ११ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ । हाल २१२ जना क्वारेन्टिनमा छन् । २३४ जना आइसीयू र ६८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?