नेपालगन्ज १४ कार्तिक : भेरी अस्पताल नेपालगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका ५ बाँके निवासी ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । योसंगै बाँकेका ३३९ जनाको कोरोना संक्राणबाट मृत्यु भएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार उनको मंगलबार राती १०ः३० बजेतिर मृत्यु भएको हो ।
भेरी अस्पतालमा यही कार्तिक १० गते पीसिआर परीक्षण गर्दा ती महिलालाई कोरोना पोजेटिभ भएको थियो । यद्यपी उनी कात्तिक ९ गते नै अस्पतालमा भर्ना भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीलेले जानकारी दिए ।
यस्तै कोरोना संक्रमणबाट बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४ सय २७ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।