नेपालगन्ज १५ कार्तिक : देशभर थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
देशभर गरिएको ७ हजार ४६८ पीसिआर र ४ हजार १९६ जनाको एन्टीजेन परीक्षणका क्रममा थप ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोबाट संक्रमित हुने कुल संख्या ८ लाख १३ हजार ११ जना पुगेको छ । भने कुल संक्रमितमध्ये ९ हजार ३१८ सक्रिय संक्रमित रहेकाछन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप ४९० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९२ हजार २७७ पुगेको छ ।
मन्त्रालयका अनुसार यही अवधिमा थप ९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ । हाल देशभर ११८ जना क्वारेन्टिमा छन् । भने २४१ जना आइसीयू र ७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?