नेपालगन्ज १६ कार्तिक : देशभर थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १० हजार २८७ जनाको नमूना परीक्षण गर्दा मंगलबार ४६९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ७ हजार ११५ जनाको पीसीआर परीक्षण गर्दा ४२२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, ३ हजार १७२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४२७ पुगेको छ । गत २४ घण्टामा ५५५ जना कोरोना भाइरसको संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर ९ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?