कोरोनासंग लक्षण मिल्ने मौसमी फ्लूबाट यसरी बच्नुहोस्


कोरोनासंग लक्षण मिल्ने मौसमी फ्लूबाट यसरी बच्नुहोस्

नेपालगन्ज १७ कार्तिक : कोरोना भाइस संक्रमणसंग लक्षण मिल्ने मौसमी फ्लूले यतिबेला धेरैलाई सताइरहेकोछ । वर्षायाम सकिएर हिउँद सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका हुन् ।

कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको फ्लू लागे शारीरिक र मानसिक रुपमा निकै कमजोर भइन्छ । यसले गर्दा कतिपयलाई त कोभिड संक्रमित भइयो भनेर समेत त्रसित बन्ने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

वर्षायाम सकिए लगत्तैको चाडाबाड तथा रहनसहन, खानपान र मौसममा आएको परिर्वतनका कारण मौसमी फ्लूका विरामी पनि बढ्दै गएकाछन् ।

यसबाट बच्न निम्न उपायहरु अपनाऔं

Kanti Aarogya Hospital Nepalgunj

– फ्लू लागेका व्यक्तिबाट टाढै बसौं ।
– आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बसौं ।
– घरमा कसैलाई फ्लू लागे वा रुघाखोकी लागे सबैले मास्क लगाऔं ।
– मौसमी रुघाखोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगरौं ।
– खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोपौं ।
– बेलाबेलामा साबुनपानीले हात धोऔं ।
– हातले आँखा नाक वा मुख छुने बानी त्यागौं ।
– तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनऔं ।
– प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खाऔं ।
– गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गरौं ।
– सम्भव भएसम्म फ्लू विरुद्धको खोप लगाऔं ।