नेपालगन्ज १७ कार्तिक : कोरोना भाइस संक्रमणसंग लक्षण मिल्ने मौसमी फ्लूले यतिबेला धेरैलाई सताइरहेकोछ । वर्षायाम सकिएर हिउँद सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका हुन् ।
कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको फ्लू लागे शारीरिक र मानसिक रुपमा निकै कमजोर भइन्छ । यसले गर्दा कतिपयलाई त कोभिड संक्रमित भइयो भनेर समेत त्रसित बन्ने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।
वर्षायाम सकिए लगत्तैको चाडाबाड तथा रहनसहन, खानपान र मौसममा आएको परिर्वतनका कारण मौसमी फ्लूका विरामी पनि बढ्दै गएकाछन् ।
यसबाट बच्न निम्न उपायहरु अपनाऔं
– फ्लू लागेका व्यक्तिबाट टाढै बसौं ।
– आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बसौं ।
– घरमा कसैलाई फ्लू लागे वा रुघाखोकी लागे सबैले मास्क लगाऔं ।
– मौसमी रुघाखोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगरौं ।
– खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोपौं ।
– बेलाबेलामा साबुनपानीले हात धोऔं ।
– हातले आँखा नाक वा मुख छुने बानी त्यागौं ।
– तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनऔं ।
– प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खाऔं ।
– गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गरौं ।
– सम्भव भएसम्म फ्लू विरुद्धको खोप लगाऔं ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?