नेपालगन्ज १७ कार्तिक : देशभर थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५७७ पीसीआर र ३ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा थप ४४७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ८२८ जना पुगेको छ । कुल संक्रमितमध्ये ९ हजार १२३ सक्रिय संक्रमित छन् ।
यस्तै देशभर थप ४३९ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।
यसै अवधिमा अवधिमा ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ । हाल १२१ जना क्वारेन्टाइनमा छन् । २२३ जना आइसीयू र ५९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?