४४७ जना थपिदाँ ७ जनाको मृत्यु


४४७ जना थपिदाँ ७ जनाको मृत्यु

नेपालगन्ज १७ कार्तिक : देशभर थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५७७ पीसीआर र ३ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा थप ४४७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ८२८ जना पुगेको छ । कुल संक्रमितमध्ये ९ हजार १२३ सक्रिय संक्रमित छन् ।

यस्तै देशभर थप ४३९ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसै अवधिमा अवधिमा ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ । हाल १२१ जना क्वारेन्टाइनमा छन् । २२३ जना आइसीयू र ५९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।