File Photo
नेपालगन्ज २२ कार्तिक : कोरोना भाइरस संक्रमणबाट नेपालगन्जमा एक जना बृद्धाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १८ निवासी ६९ वर्षीया बृद्धाको मृत्यु भएको जिल्ला कोभिड– १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा ती बृद्धाको आईतबार राती १० बजेर ३० मिनेटमा मृत्यु भएको हो ।
भेरी अस्पतालमा यही कार्तिक ६ गते पीसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ४० जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए । यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४ सय २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।