File Photo
नेपालगन्ज २२ कार्तिक : कोरोना भाइरस संक्रमणबाट नेपालगन्जमा एक जना बृद्धाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १८ निवासी ६९ वर्षीया बृद्धाको मृत्यु भएको जिल्ला कोभिड– १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा ती बृद्धाको आईतबार राती १० बजेर ३० मिनेटमा मृत्यु भएको हो ।
भेरी अस्पतालमा यही कार्तिक ६ गते पीसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ४० जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए । यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४ सय २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?