नेपालगन्ज २२ कार्तिक : नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको हो ।
मन्त्रालयका अनुसार कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको छ । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३७१ र एन्टिजेन विधिबाट १९ संक्रमित पहिचान भएका थिए । सोही अवधिमा कूल २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।
यस्तै मन्त्रालयका अनुसार यही अवधिमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, ४२५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।