देशभर कोरोना संक्रमणबाट एक जनाको मात्र मृत्यु


देशभर कोरोना संक्रमणबाट एक जनाको मात्र मृत्यु

नेपालगन्ज २३ कार्तिक : पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट एक जनाको मात्र मृत्यु भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र एक जना संक्रमितको मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ ।

यस्तै यही अवधिमा देशभर थप ५३३ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर गरिएको १४ हजार ९१८ पीसीआर र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ६१२ सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ ।

हाल देशभर ११० जना क्वारेन्टिनमा छन् । भने १९९ जना आइसीयू र ५५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।