नेपालगन्ज २४ कार्तिक : देशभर थप ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ८१४ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ४४० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ र एक हजार ४०७ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर ४७४ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर ७ हजार ५१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा १६ हजार ५२९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।