देशभर थप ३१७ जनामा कोरोना संक्रमण


देशभर थप ३१७ जनामा कोरोना संक्रमण

नेपालगन्ज २५ कार्तिक : देशभर थप ३१७ जना कोरोना संक्रमण पुष्टि भएकोछ ।

देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा थप ३१७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ५३५ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा २७९ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् । १८८ जना आइसीयू र ५४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।