नेपालगन्ज २६ कार्तिक : कोरोना भाइरस संक्रमणका कारण देशभर थप ३ जना संक्रमितको मृत्यु भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या संख्या ११ हजार ४६९ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घाण्टामा थप ३९७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ४९८ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३८९ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ९८ जना क्वारेन्टिनमा छन् । भने १९० जना विभिन्न आइसीयू र ५७ जना भेन्टिलेटरमा रहेकाछन् ।