नेपालगन्ज २७ कार्तिक : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएकोछ ।
पछिल्लो २४ घण्टामा थप दुई जना संक्रमितको मृत्यु भएको हो । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६७५ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार २७८ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ४७८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ ।
हाल ९८ जना क्वारेन्टिनमा छन् । १९३ जना आइसीयू र ५७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?