नेपालगन्ज २८ कार्तिक : देशभर थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ८ पीसीआर र एक हजार ५९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३०६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ९६६ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार २१५ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३४८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ ।
उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा १५ हजार ९०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।