९ महिनामा ७५ लाखबढिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप


९ महिनामा ७५ लाखबढिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

नेपालगन्ज ३० कार्तिकः कोरोना भाइरस विरुद्धको खोप अभियान आगामी माघ १४ गते एक वर्ष पुग्दैछ ।

सरकारले गत वर्ष माघ १४ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गरेको हो । कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाउने अभियान एक वर्ष पुग्नै लागग्दा हालसम्म नेपालमा ७५ लाख ८० हजार १३३ जनाले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

सोमबारसम्म १५ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३ मध्ये ८८ लाख ७६ हजार ३०७ जनाले पहिलो मात्रा खोप लगाएका छन् । योसँगै नेपालमा ३४ दशमलब ८ प्रतिशतले पूर्ण र ४० दशमलब ८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक करोड ६४ लाख ५६ हजार ४४० मात्रा खोप लगाइसकिएको छ । नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भई सञ्चालन भइरहेको छ ।