नेपालगन्ज ३० कार्तिकः कोरोना भाइरस विरुद्धको खोप अभियान आगामी माघ १४ गते एक वर्ष पुग्दैछ ।
सरकारले गत वर्ष माघ १४ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गरेको हो । कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाउने अभियान एक वर्ष पुग्नै लागग्दा हालसम्म नेपालमा ७५ लाख ८० हजार १३३ जनाले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाएका छन् ।
सोमबारसम्म १५ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३ मध्ये ८८ लाख ७६ हजार ३०७ जनाले पहिलो मात्रा खोप लगाएका छन् । योसँगै नेपालमा ३४ दशमलब ८ प्रतिशतले पूर्ण र ४० दशमलब ८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक करोड ६४ लाख ५६ हजार ४४० मात्रा खोप लगाइसकिएको छ । नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भई सञ्चालन भइरहेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?