नेपालगन्ज ३० कार्तिक : देशभर थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको ६ हजार ५०५ पीसीआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६७२ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ४७६ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा १७० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ । उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।
हाल ९८ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा ७९ हजार ५६८ जनाले खोप लगाएका छन् ।