१७ वर्षपछि पुरानै धारमा फर्कियो रेडियो कार्यक्रम एमओसी


१७ वर्षपछि पुरानै धारमा फर्कियो रेडियो कार्यक्रम एमओसी

नेपालगन्ज २ मंसिर : भनिन्छ १२ वर्षमा खोला फर्किन्छ । अर्थात खोला पुनः आफ्नै पुरानो धारमा आउन १२ वर्ष लाग्छ । तर, रेडियो क्षेत्रमा पश्चिम नेपालकै चर्चित रेडियो कार्यक्रम ‘एमओसी’ अर्थात ‘म्युजिक अन च्वाईस’ पुरानै धारमा फर्किन १७ वर्ष लाग्यो ।

पश्चिम नेपालमै चर्चित रेडियो कार्यक्रम एमओसीले आज १७ वर्ष पुरा गरेकोछ । बि.स. २०६१ मङ्सिर ३ गते बागेश्वरी एफएमबाट सुरु भएको रेडियो कार्यक्रम एमओसी १७ वर्ष पुरा गर्दासम्म धेरै आरोह अबरोह पार ग¥यो ।

नेपालगन्जको बागेश्वरी एफएमबाट सुरु भएको यो चर्चित कार्यक्रम कहिले रेडियो एक्सप्रेस त कहिले रेडियो सद्भावमा अनवरत प्रशारण हुदै आयो । एफएम स्टेशन परिर्वतन भएपनि कार्यक्रमको गुणस्तरता, यसले पस्किने खुराकमा श्रोताको कमी कहिल्यै भएन । अन्ततः १७ वर्षको यो अवधि पश्चात एमओसी जन्मिएको रेडियो स्टेशन रेडियो बागेश्वरीमा फर्केर आयो । उही स्वाद, उही गुणस्तरता अनि उही मौलिक पहिचान बोकेर ।

रेडियो बागेश्वरी एफएम ९४.६ मेगाहर्जबाट आईतबारदेखि बिहीबारसम्म हप्ताको ५ दिन बेलुका ६ः३५ देखि राती ८ बजेसम्म नियमित प्रशारण भइरहेकोछ एमओसी । १७ वर्षको अवधिमा एमओसीले ५१०३ श्रृंखला प्रशारण गरिसकेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यसका सञ्चालक र परिकल्पनाकार समेत रहेका समिरमान श्रेष्ठ एमओसीको १७ वर्षे यात्रालाई सम्झदै भन्छन्–‘पहिले र अहिलेमा धेरै अन्तर आइसकेकोछ । यद्यपी एमओसीको क्रेज श्रोतामाझ उत्तिकैछ ।’

विभिन्न उतारचढावका बाबजुत समिररले कार्यक्रमलाई निरन्तरता दिइनै रहेकाछन् । रेडियो कार्यक्रम एमओसी र समीर एकअर्काका प्रयाबाची नै हुन् । समिरबीना एमओसी र एमओसीबीना समिरलाई कल्पना गर्न सकिदैन ।

सुरुवातमा रेडियो स्टेसनमा प्राप्त पत्रहरु बाचन गरि समसामयिक विषयवस्तुमा चर्चाबाट सुरु भएको यो कार्यक्रम अहिले समय अनुसार प्रविधिमैत्री बन्दै फेसबुक र एसएमएसबाट सन्देशहरु लिने, नेपाली गीतहरुलाई प्राथमिकता दिदै नेपाली गीत मात्र बजाउने, मनोरंजन सङ्गै जानकारीमुलक र ज्ञानबर्धक प्रश्नोत्तर र पुरस्कारको ब्यबस्था गरिरहेकोछ ।

छुट्टै पहिचान स्थापित गरेको रेडियो कार्यक्रम एमओसीले घरको गृहणी हुन्, कार्यालयमा जागिरे अथवा ब्यापारि वा विद्यार्थी सवैले औधी रुचाएको लोकप्रिय कार्यक्रम हो रेडियो कार्यक्रम एमओसी ।