नेपालगन्ज ३ मंसिर : पछिल्लो २४ घण्टाभित्र नेपालमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार कूल आठ हजार ९७२ जनाको नमूना परीक्षण गर्दा २९६ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको हो । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट २७१ र एन्टिजेन विधिबाट २५ संक्रमित पहिचान भएका छन् ।
उक्त अवधिमा कूल सात हजार ७७७ जनाको पीसीआर र एक हजार १९५ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।
उक्त अवधिमा कोरोना संक्रमणका कारण पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, ३६९ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।