२४२ जना थपिदाँ एक जनाको मृत्यु


२४२ जना थपिदाँ एक जनाको मृत्यु

नेपालगन्ज ४ मंसिर : देशभर थप २४२ जना कोरोना संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ४ हजार १४५ पीसीआर र २ हजार ९९१ जनाको एन्टीजेन परीक्षणका क्रममा २४२ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ७८७ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ३०३ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ४४४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९९ हजार ९८९ पुगेको छ ।

मन्त्रालयका अनुसार यही अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् । २३४ जना आइसीयू र ५५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।