२३८ जना थपिदाँ १ जनाको मृत्यु


२३८ जना थपिदाँ १ जनाको मृत्यु

नेपालगन्ज ५ मंसिर : पछिल्लो २४ घण्टामा २३८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ८४५ पीसीआर र १ हजार २७८ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार १९ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार १६४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३७० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३५९ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् । २२७ जना आइसीयू र ५१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।