३८५ जनामा कोरोना पुष्टि


३८५ जनामा कोरोना पुष्टि

नेपालगन्ज ६ मंसिर : देशभर थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ३८६ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार २६९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १७ पुगेको छ ।

उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा देशभर ७१ हजार ४८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा ३० दशमलब १ प्रतिशतले पहिलो मात्रा र २६ दशमलब २ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।