भेरीमा बालबालिकालाई फाईजर खोप


भेरीमा बालबालिकालाई फाईजर खोप

नेपालगन्ज ७ मंसिर : बाँकेमा आज कोरोना भाइरस विरुद्धको फाईजर खोप बालबालिकालाई लगाइदैँछ ।

भेरी अस्पताल नेपालगन्जमा विहान ८ बजेदेखि कोरोना भाइरस विरुद्धको फाईजर खोप लगाउन थालिएको हो ।

बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठका अनुसार खोप अभियान अन्र्तगत १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाईजर खोप लगाइएको छ ।

भ्याक्सिन सीमित भएकाले पहिले आउने बालबालिकाहरुलाई पहिलो प्राथमिकता दिने गरी जन्ममिति खुलेको वा उमेर खुल्ने प्रमाणपत्रका आधारमा खोप लगाइहेको श्रेष्ठले बताए । खोप अभियान अपरान्ह ४ बजेसम्म चल्नेछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि बाँकेमा सोमबारसम्म ६५० जनालाई खोप लगाईएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिए । बाँकी रहेको खोप एक हजार जनालाई लगाउन मात्र पुग्ने भएकाले पहिलो प्राथमिकतामा आउनेलाई लगाइनेछ ।