नेपालगन्ज ७ मंसिर : बाँकेमा आज कोरोना भाइरस विरुद्धको फाईजर खोप बालबालिकालाई लगाइदैँछ ।
भेरी अस्पताल नेपालगन्जमा विहान ८ बजेदेखि कोरोना भाइरस विरुद्धको फाईजर खोप लगाउन थालिएको हो ।
बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठका अनुसार खोप अभियान अन्र्तगत १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाईजर खोप लगाइएको छ ।
भ्याक्सिन सीमित भएकाले पहिले आउने बालबालिकाहरुलाई पहिलो प्राथमिकता दिने गरी जन्ममिति खुलेको वा उमेर खुल्ने प्रमाणपत्रका आधारमा खोप लगाइहेको श्रेष्ठले बताए । खोप अभियान अपरान्ह ४ बजेसम्म चल्नेछ ।
यसअघि बाँकेमा सोमबारसम्म ६५० जनालाई खोप लगाईएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिए । बाँकी रहेको खोप एक हजार जनालाई लगाउन मात्र पुग्ने भएकाले पहिलो प्राथमिकतामा आउनेलाई लगाइनेछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही