देशभर ७ हजार ३ सय सक्रिय संक्रमित


देशभर ७ हजार ३ सय सक्रिय संक्रमित

नेपालगन्ज ७ मंसिर : देशभर थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ८ हजार ७२९ पीसीआर र १ हजार ४४५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख १९ हजार ६९९ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ३०० जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २७३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८९० पुगेको छ ।

उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ। ९८ जना क्वारेन्टिनमा छन् । २२३ जना आइसीयू र ५१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।