रुकुम उडेको जहाज नेपालगन्ज अवतरण गराउनु बाध्यता हो : निगम
File Photo
नेपालगन्ज ८ मंसिर : काठमाण्डौंदेखि रुकुम (सल्ले)का लागि उडेको जहाज नेपालगन्ज अवतरण गराउनुको कारणका बारेमा नेपाल वायुसेवा निमगले मुख खोलेकोछ ।
निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा सो घटना बारे बाहिर उठेको टिका टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपालगन्ज अवतरण गराउनुको कारण रहर नभएर बाध्यता भएको बताएको छ ।
मंगलबार बिहान ५ः १५ का लागि काठमाडौँ–रुकुम (सल्ले) उडान तालिका तयको निगमको जहाज खराब मौसमका कारण समयमै उड्न नसकेको र ढिला गरी २ः १५ मा मात्र उडेको निगमले जनाएको छ । उक्त जहाज सल्ले पुग्न बेलुकी ५ बज्ने तर, जहाजको चालक दल सहितका अन्य कर्मचारीको ड्युटी समय ४ बजेसम्मको मात्र भएकाले समय पावन्दीका कारण बाध्यताले नेपालगन्ज अवतरण गर्ने निर्णयमा निगम पुगेको बताएको छ ।
एक पाइलटले दैनिक १० घण्टासम्म उडान भर्न सक्ने अन्तर्राष्ट्रिय नियम अनुसार नै उक्त निर्णय लिइएको निगमको भनाई छ । एकाबिहानैदेखि काठमाडौँमा रोकिएका अकुपेन्सी (सेवाग्राही) लाई घर फर्काउनुभन्दा नेपालगन्जसम्म भएपनि पु¥याउ भन्नेले उद्देश्यले निगमले उडानको निर्णय लिएको समेत स्पष्ट पारेको छ । मंगलबार सल्लेका लागि उडेको जहाज पाइलटको ड्युटी समय सकिएको भन्दै नेपालगन्जमा आपत्कालीन अवतरण गरियो भन्दै सनसनी मच्चिएको थियो ।
यो पढ्नुहोस्
पाईलटको सनक : ड्युटी सकियो भन्दै रुकुम उडेको जहाज नेपालगन्जमै अवतरण गराए