देशभर ३३२ जनामा कोरोना संक्रमण पुष्टि


देशभर ३३२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज ८ मंसिर : पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ५९० पीसीआर र २ हजार ३३० जनाको एन्टीजेन परीक्षणका क्रममा ३३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ३६९ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २३२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार १२२ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ । ९८ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार २६२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।