नेपालगन्ज ९ मंसिर : बाँकेका एक हजार ८ सय जनालाई कोरोना भाइरस विरुद्धको फाईजर खोप लगाइएकोछ । भेरी अस्पताल नेपालगन्जमा खोप केन्द्र राखेर कुल एक हजार ८ सय जनालाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइएको हो ।
बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठका अनुसार बुधबारसम्म बाँकेका १२ देखि १७ वर्षका एक हजार ९७ जना बालबालिका र दीर्घरोगी गरि कुल एक हजार ८ सय जनालाई कोरोना भाइरस विरुद्धको फाईजर खोप लगाइएको थियो ।
उनका अनुसार दीर्घ रोगी र १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाइ लक्षित गरि कोरोना भाइरस विरुद्धको फाइजर खोप १८ सय डोज प्राप्त भएको थियो । उक्त खोप डोज सबै बाँकेका लक्षित समूहका १८ सय जनालाई लगाइसकेको छ ।