२१३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु


२१३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

नेपालगन्ज ११ मंसिर : देशभर थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ४ हजार ९०७ पीसीआर र १ हजार ७२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २१३ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ७२४ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार १५६ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३२५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ४७ पुगेको छ ।

उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् । १७८ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।